२० प्रतिशत लाभांश पारित गर्न चिलिमे हाइड्राेपावरको साधारण सभा पुस १२ मा

-



     सफल आवाज    
     मंसिर १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ मंसिर । चिलिमे हाइड्रोपावरको साधारण सभा पुस १२ गते बोलाईएको छ । साधारण सभाबाट पारित भएपछि प्रस्तावित २० प्रतिशत लाभांश वितरण गरिने भएको छ ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा १० प्रतिशत नगदसहित २० प्रसतिशत लाभांश वितरण गरिने भएको हो । उक्त लाभांश साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

साधारण सभा कम्पनीको रजिष्ट्रड कार्यालय, धुम्बमाही काठमाडौंमा अनलाइमार्फत हुने कम्पनीले जानकारी गराएको छ । साधारण सभामा भाग लिनका लागि शेयरधनीहरुलाई गूगल मीटको मिटिङ आईडी र पासवर्ड समेत उपलब्ध गराईने कम्पनीले जानकारी दिएको छ ।

साधारण सभामा प्रस्तावित लाभांश लगायतका विभिन्न विषयमाथि छलफल गरी पारित गरिने भएको छ । आर्थिक वर्ष २०६६/२०७७ को वार्षिक प्रतिवेदन पारित गर्ने, २०७७ असारसम्मको वासलात, आर्थिक वर्ष २०७६/२०७७ को नाफा, नोक्सान हिसाब तथा नगद प्रवाहका बारेमा छलफल गरी पारित गरिने भएको छ ।

कम्पनीका अनुसार साधारण सभाको प्रयोजनार्थ मंसिर २९ गतेदेखि पुस १२ सम्म बुक क्लोज गरिने भएको छ । मंसिर २८ गतेसम्म कायम भएका शेयरधनीले साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्ने भएका छन् ।