
काठमाडौं, १२ पुस १२ । आज ८ वटा कम्पनीहरूका सेयरधनीहरूका लागि लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकि रहेकाे छ । लाभांश तथा साधारण सभा प्रयाेजनका लागि उनीहरूले बुकक्लाेजकाे मिति तय गरिसकेका छन् ।
हिमालयन डिस्टिलरी, आइसीएफसी फाइनान्स तथा सिक्लेस हाइड्रोपावरकाे पुस १२ गते बिहिबार बुक क्लोज गरेकाे छ । राधी विद्युत् कम्पनीले पुस १५ गते बुक क्लोज गर्ने भएकाे छ । सेयरधनीले लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।
घोराही सिमेन्ट, आत्मनिर्भर लघुवित्त, सपोर्ट लघुवित्त र साना किसान विकास लघुवित्तले साधारण सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गर्ने भएका छन् ।
हिमालयन डिस्टिलरीले २५ प्रतिशत लाभांश वितरण गर्ने जनाएकाे छ । कम्पनीले १० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १५ प्रतिशत नगद लभांशसशित २५ प्रतिशत लाभांश वितरण गर्नेछ ।
लाभांशकाे प्रस्ताव पारित गर्न पुस २५ गते साधारण सभा बाेलाइएकाे छ । सभा विरगञ्ज लिपनीविर्तामा रहेकाे कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १०.३० बजे बाेलाइएकाे छ ।
आइसीएफसी फाइनान्स लिमिटेडले ६.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ । यसका लागि पुस २९ गते वार्षिक साधारण सभा बोलाइएको छ । साे सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान १० बजे डाकिएकाे छ ।
सिक्लेस हाइड्रोपावरले साधारण सभाबाट ६ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गर्ने जनाएकाे छ । लाभांश पारित गर्न पुस २७ गते साधारण सभा डाकिएकाे छ । सभा पाेखरा १७ घारीपाटनमा रहेकाे आभ्या क्लबमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।
राधी विद्युत्कले ४.७५ प्रतिशत बोनस तथा करकाे प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ । लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा डाकिएकाे छ । सभा कमपनीकाे कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।
घोराही सिमेन्टले १५ प्रतिशतका दरले बोनस दिने भएकाे छ । कम्पनीले लाभांश पारित गर्न पुस २८ गते साधारण सभा बोलाएको छ । सभा दाङकाे घोराहीमा रहेकाे होटल पौवामा बिहान ९ बजे बाेलाइएकाे छ ।
आत्मनिर्भर लघुवित्तले १० प्रतिशत बोनस तथा करसहित ५ प्रतिशतसहित १५ प्रतिशत लाभांश वितरणकाे प्रसताव पारित गर्न पुस २८ गते साधारण सभा बाेलाएकाे छ । साे सभा दाङकाे घोराहीमा रहेकाे होटेल माला ईनमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।
सपोर्ट लघुवित्तले १३ प्रतिशत बोनस दिने भएकाे छ । साथमा कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगदसहित १३६८ प्रतिशत लाभाश पारित गर्न पुस २७ गते साधारण सभा डाकेकाे छ । सभा इटहरी ४ मारहेकाे दुर्गा पार्टी प्यालेसमा बिहान ९ः३० बजे बाेलाइएकाे छ ।
साना किसान विकास लघुवित्तले लाभाश पारित गर्न पुस २९ गते साधारण सभा डाकेकाे छ । लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर तथा ०.७५ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ । साधारण सभा कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा पूरवा्ह ११ बजे बाेलाइएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




