नेप्सेमा झिनो अंकको गिरावट, ४ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     पौष १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ पुस । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा सामान्य अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.९३ अंकले घटेर २०६८.९० मा झरेको छ । नेप्सेमा ०.०९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.६२ अंकले घटेर ३८५.४४ विन्दुमा रहेको छ ।

यसदिन ७ वटा उपसमूहहरुमा हरियो लागेको छ । उनीहरुमा होटल तथा पर्यटन समूह, लगानी समूह, उत्पादन, सामूहिक लगानी कोष, नीर्जिवन बीमा र अन्य रहेका छन् ।

बाँकी ६ वटामा रातो लागेको छ । उनीहरुमा बैंकिङ, विकास बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, लघुवित्त तथा व्यापार उपसमूह रहेका छन् ।

कुल ३०३ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड १६ लाख ५८ हजार ११० कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब २८ करोड ९ लाख ३२ हजार २९७ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको कारोबार भएको छ । कम्पनीको १४ करोड ३८ लाख ३७ हजार ३६५ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।