
काठमाडाैं, १३ पुस । नेपाल विद्युत प्राधिकरणले २०८० साल मंसिर महिनाकाे अन्यसम्म ६१ वटा उद्योगहरुले विद्युत बक्याैता रकम नतिरेकाे जनाएकाे छ । उनीहरूकाे २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको जानकारी गराएकाे छ ।
डेडिकेटेड तथा ट्रंक लाइनकाे विद्युत् प्रयाेग गरेर विद्युत बक्याैता नतिरेका ९ वटा ठूला उद्योगहरूको लाइन प्राधिकरणले काटेकाे छ । रकम तिर्न अटेर गरिरहेका बाँकी उद्योगहरूको लाइन पनि क्रमशः काट्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।
कोशीकाे विराटनगरमा विभिन्न ७ वटा ठूला उद्योगले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत प्रयोग गर्दै ३ अर्ब रुपैयाँ बराबरको बक्यौता छ । प्राधिकरणका अनुसार बाबा जुट मिल, रघुपती जुट मिल, उदयपुर सिमेन्ट उद्योग, रिलायन्स स्पिनिंग मिल्स, निगाले सिमेन्ट प्रालि., अरिहन्त मल्टीफाइवर लि., अरिहन्त पोलीप्याकको गरी कुल २ अर्ब ९७ करोड ९८ लाख ९८ हजार रुपैयाँ छ ।
मधेशकाे जनकपुरमा विभिन्न २१ वटा उद्योग मारुती सिमेन्ट प्रालि.,डाबर नेपाल प्रालि., त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज, हिमाल आइरन एण्ड स्टील, त्रिवेणी स्पिनीङ्ग मिल्स, नारायणी स्पात मिल्स, जगदम्बा स्टिल, जगदम्बा इन्टरप्राइजेज, अशोक स्टिल, हुलास स्टिल, हामा आइरन, सूर्य नेपाल, एभरेष्ट पेपर मिल, कसमस सिमेन्ट फ्याक्ट्री लगायतको ९ अर्ब ५४ करोड १७ लाख ११ हजार रुपैयाँ बराबरको बक्यौता बक्यौता तिर्न बाँकी छ।
बागमतीमा काठमाडाैं युनाइटेड सिमेन्ट प्रालि., शिवम् सिमेन्ट र हेटौडा सिमेन्टको गरी कूल २ अर्ब ६३ करोड ६६ लाख ७७ हजार रुपैयाँ बक्यौता रहेको छ ।
लुम्बिनीमा बुटवलमा कुल ४ अर्ब ७२ करोड ५२ लाख ६५ हजार रुपैयाँ बाँकी छ । नेपाल टेलीकम मश्याम ,सिता फूड इन्डस्ट्रीज ,जि.बि. टेक्सटाइल,नारायण रवर उद्योग,अर्घाखांची सिमेन्ट इन्डस्ट्रीज, विशाल सिमेन्ट, इन्डस्ट्रीज ,शुभश्री अग्नी सिमेन्ट प्रा ली,एभरेष्ट रोलिंग मिल, सोना पोलिमर्स,विनायक स्पात प्रा. लि.,जगदम्बा सिन्थेटिक,एस. आर फुड्स, घराना फुड्स, सिद्धार्थ पेटप्लास्ट,सोना प्याकेजिंग रहेका छन् ।
यस्तै श्री गोयन्का फुडस, रुपन्देहीश्री भलवारी स्वचालित कारखाना,श्री श्याम प्लास्टिक उद्योग,श्री पन्चकन्या प्लाष्टिक ईण्डष्ट्रिज, श्री पन्चकन्या स्टिल ईण्डष्ट्रिज, श्री एस. आर. स्टिल इन्डष्ट्रिज, श्री नव नेपाल प्लाष्टिक ईण्डष्ट्रिज, श्री शुभ लक्ष्मी पोलिमर्स,श्री नेशनल रवर ईण्डष्ट्रिज,श्री जय दुर्गा प्लाष्टिक ईण्डष्ट्रिज,श्री यशोदा फुड प्रा. लि.,श्री ए. जी. हेल्थ ईण्डष्ट्रिज,श्री सर्वोत्तम सिमेन्ट,श्री बुटवल सिमेन्ट,श्री सिद्धि लक्ष्मी स्टिल ,श्री लक्ष्मी स्टिलले बक्यौता नतिरेको प्राधिकरणले जनाएकाे छ ।
नेपालगन्जमा कुल ७ अर्ब ८ करोड ७४ लाख ९० हजार रुपैयाँ बाँकीछ । सू.प. हवाई कार्यालय, सोनापुर मिनरल एण्ड आयल प्रा. लि., घोराही सिमेण्ट उद्योग, सम्राट सिमेण्ट, रोल्पा सिमेण्टले पैसा नतिरेको प्राधिकरणले जनाएकाे छ।








काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,… 




