गरिमा विकास बैंकको बुक क्लोज भोलि

-



     सफल आवाज    
     पौष १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ पुस । गरिमा विकास बैंकले साधारणसभा प्रयोजनका लागि भोलि मंगलबारबाट शेयरधनी किताव बन्द (बुक क्लोज) गर्ने भएकाे छ । उक्त साधारणसभामा शेयरधनीका हिसाबले भाग लिन चाहेमा आजसम्म बैककाे शेयरधनी भएको हुनुपर्ने बताइएकाे छ ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको विकास बैंकले पुस २९ गते पोखरामा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ।

गरिमा विकास बैंकले ९.५० प्रतिशत बोनससेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाने जनाएकाे छ ।