सुन ताेलामा रू ५ सयले बढ्याे, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     पौष १७ गते २०८० मा प्रकाशित



काठमाडाैं, १७ पुस । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन सुनमा रुपैयाँ ५ तय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको जानकारी दिएको छ ।

छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।