बुधबार अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

-



     सफल आवाज    
     पौष १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । यूरो लगायतका अन्य केहि देशहरूको मुद्राको भाउमा थपघट भएको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ २ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ६२ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४६ रुपैयाँ ३ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ६९ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ३० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय ५७ रुपैयाँ ४४ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ४४ पैसा र बिक्रीदर ९० रुपैयाँ ८५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर १०० रुपैयाँ २८ पैसा र बिक्रीदर १०० रुपैयाँ ७३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर १०० रुपैयाँ ४० पैसा र बिक्रीदर १०१ रुपैयाँ ८६ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्र घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः