आज सुनकाे भाउमा रू २ सयले गिरावट, चाँदी पनि घट्याे

-



     सफल आवाज    
     पौष १८ गते २०८० मा प्रकाशित



काठमाडाैं, १८ पुस । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ ।

सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ ३५ ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३० ले घटेर तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।