बोटलर्स नेपाल, श्री इन्भेष्टमेन्ट र मन्दाकिनी हाइड्रोकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     पौष १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ पुस । बोटलर्स नेपाल (तराई), श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ ।

तीनवटै कम्पनीहरूले पुस २० गते बुक क्लोज गर्ने भएकाेले आजसम्म लाभांश सुरक्षित गरिसक्नु पर्नेछ । यसरी नेप्सेमा सेयर काराेबार गरी कायम भएका सेयरधनीहरू मात्रै सभामा भाग लिन र लभांश पाउन याेग्य मानिनेछन् ।

बोटलर्स नेपाल (तराई)

बोटलर्स नेपाल (तराई) ले गत वर्षको मुनाफाबाट ६० प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ । साे लाभांश वितरणकाे प्रस्ताव पारित पुस २७ गते साधारण सभा डाकिएकाे छ । कम्पनीकाे साधारण सभा सोल्टि होटल, काठमाडौंमा मध्यान्ह १२ बजे बाेलाइएकाे छ । 

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले ५.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ । साे भांश पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा डाकेकाे छ । सभा श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे बाेलाइएकाे छ । 

मन्दाकिनी हाइड्रोपावर

मन्दाकिनी हाइड्रोपावरले ४.७५ प्रतिशत बोनस दिने भएकाे छ । यसकाे कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कम्पनीले लाभांश पारित गर्नका लागि पुस २९ गते साधारण सभा डाकेकाे छ । सभा फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।