मन्दाकिनी र सिंगटी हाइड्रोको सेयरमूल्य समायोजन

-



     सफल आवाज    
     पौष २० गते २०८० मा प्रकाशित



काठमाडाैं, २० पुस । मन्दाकिनी हाइड्रोपावर र सिंगटी हाइड्रोको सेयरमूल्य नेप्सेमा समायोजन भएकाे छ ।

मन्दाकिनी हाइड्रोपावरले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लाेज गरिसकेकाे छ । साथै सिंगटी हाइड्रोले हकप्रद निष्काशनकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि दुबैकाे सेयरमूल्य नेप्सेमा समायाेजन गरी नयाँ मूल्य निर्धारण गरिएकाे हाे ।

मन्दाकिनी हाइड्रोपावरकाे ४.७५ प्रतिशत बोनस तथा सिंगटी हाइड्रोको शतप्रतिशत हकप्रद सेयर समायाेजन गरिएकाे नेप्सेले जनाएकाे छ । सेयरमूल्य समायाेजनपछि मन्दाकिनीको सेयरमूल्य ४०९ रुपैयाँ ३६ पैसा कायम भएको छ । सिंगटीको २०२ रुपैयाँ ९० पैसा कायम निर्धारण गरिएकाे छ।

नेपाल स्टक एक्सचेन्जले दुबैकाे अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यकाे आधारमा सेयरमूल्य समायोजन गरेको जनाएकाे छ ।

दोस्रो बजारमा मन्दाकिनीको सेयर बिहीबार प्रतिकित्ता ४२८ रुपैयाँ ८० पैसा र सिंगटीको ३०५ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो।

मन्दाकिनी हाइड्रोपावरकाे दशौँ साधारणा सभा पुस २९ गते, फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा डाकिएकाे छ । साे सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ। सभाबाट ४.७५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ ।

उता सिंगटी हाइड्रोले हाल कायम रहेकाे चुक्ता पूँजीको शतप्रतिशत १ बराबर १ अनुपातमा हकप्रद सेयर खुलाउने भएकाे छ ।