अन्तिम दिन सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

-



     सफल आवाज    
     पौष २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० पुस । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

यसरी भाउ स्थिर रहेपछि सुनचाँदी स्थिर भाउमै कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बिहिबार पनि छापावाल सुन तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँमा नै कारोबाकार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेकार कारोबार भईरहेको छ । यसदिन तेजाबी सुन तोलाको १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार पनि तेजाबी सुन तोलाको १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीको भाउमा पनि फेरबदल नभई तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ४ सय २० रुपैयाँमा नै कारोबार भएको थियो ।