नेप्सेमा ३६‍.५७ अङ्कको बृद्धि, रू ४ अर्ब ६७ करोडकाे काराेबार

-



     सफल आवाज    
     पौष २३ गते २०८० मा प्रकाशित



काठमाडौं, २३ पुस । लगातार ओरालो लाग्दै आएकाे नेप्सेकाे यात्रामा आज ब्रेक लागेकाे छ ।

साताकाे सेयर काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली सेयर बजारमा सकारातमक माहाेल देखिएकाे छ। म्युचुअल फण्ड बाहेक सबै उपसमूहहरुमा हरियाे लागेकाे छ । यसले लगानीकर्ताहकाे मनाेबल बढाएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६‍.५७ अङ्कले बढेर २०५९.४९ बिन्दुमा चढेकाे छ । नेप्सेमा १.८० प्रतिशतले बढेकाे छ । सेन्सेटिभ इण्डेक्स ४‍.२७ अङ्कले बढेर ३७७.२८ विन्दुमा रहेकाेछ ।

यसदिन ३०९ कम्पनीको एक करोड ३७ लाख नौ हजार दुई सय ७६ कित्ता शेयर ९९ हजार पाँच सय २४ पटक खरिद बिक्री भएकाे छ । यसबाट रू चार अर्ब ६७ करोड ५२ लाख २४ हजार नौ सय छ बराबरको कारोबार भएको छ । म्युचुअल फन्ड शून्य दशमलव ०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा बढी जीवन बीमा समूह तीन दशमलब ७२ र अन्य समूह दुई दशमलब ५७ प्रतिशतले बढेको छ । चारवटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड, मोदी इनर्जी लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको हो ।

सबैभन्दा बढी गुमाउनेमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा पाँच दशमलब ४६ प्रतिशतको गिरावट देखिएको छ । कारोबार रकमका आधारका आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू २१ करोड ८४ लाख ८२ हजार आठ सय ८० बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको पाँच लाख २६ हजार तीन सय ९३ कित्ता शेयर किनबेच भएको छ ।