सुनकाे भाउमा लगातार गिरावट, चाँदीको स्थिर

-



     सफल आवाज    
     पौष २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ पुस । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले घटेको छ भने चाँदीको भाउ सोमबारकै कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउ स्थिर रहेर तोलाको १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ४ सय १५ रुपैयाँमा नै कारोबार भएको थियो ।