कुमारी बैंकले माघ महिनाका लागि निक्षेपकाे ब्याजदर घटायो

-



     सफल आवाज    
     पौष २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ पुस । कुमारी बैंकले पनि ब्याजदर घटाएकाे छ । बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर कायम भएकाे सूचना प्रकाशित गरेको छ। यसअनुसार बैंकले पुस महिनाकोभन्दा ब्याजदर घटाएकाे छ।

बैंकले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा बढीमा ८.११ प्रतिशत ब्याज दिने छ । न्यूनतम ६.५० प्रतिशत ब्याज दिने भएको छ भन १ वर्षभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा ८.११ प्रतिशतका दरले ब्याज दिने भएकाे हाे ।

बैंकले संस्थागत मुद्दतिमा अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने जनाएकाे छ। पुसमा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले अधिकतम ९.३१ प्रतिशत ब्याज दिएको थियो । उता संस्थागत मुद्दतिमा ७.३१ प्रतिशत ब्याज रहेकाे छ।