
काठमाडौं, २६ पुस । आज पुस २६ गते बिभिन्न ११ वटा कम्पनीहरुकाे साधारण सभा बस्दैछ । उनीहरु मध्ये ५ वटा कम्पनीले मात्रै लाभांश प्रस्तावकाे एजेण्डा राखेका छन । यसरी लाभांश प्रस्ताव गर्नेहरुमा लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक, सोल्टी होटल, विन्ध्यवासिनी हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट नेपाल रहेका छन्।
अन्य ६ वटा कम्पनीहरुकाे लाभांश वितरणकाे प्रस्ताव नभएकाेले यसपालि लगानीकर्ताको हात खाली हुने भएकाे छ । लाभांश नदिने कंपनीहरुमा एनएमबि बैंक, चन्द्रागिरी हिल्स, कालिन्चोक दर्शन, सानिमा मिडिल तमोर हाइड्रोपावर, अरुण काबेली पावर र अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी रहेकाे नेप्सेले जनाएकाे छ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकको वार्षिक साधारण सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे बाेलाइएकाे छ । सभाले ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नेछ ।
एनएमबि बैंक
एनएमबि बैंकको साधारण सभा राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान १० बजे बाेलाइएकाे छ । बैंकले यसपटक लाभांश प्रस्ताव नगर्ने भएकाे छ ।
लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंकको सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा पूर्वान्ह ११ बजे डाकिएकाे छ । सभाले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ४ प्रतिशत बोनस र करसहित ४.५ प्रतिशत नगद लाभांश गरेर कुल ८.५० प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गर्नेछ ।
सोल्टी होटल
सोल्टी होटलको सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान साढे १० बजे बाेलाइएकाे छ । साधारण सभाले ३१.५७८ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गर्नेछ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस र २६.५७८ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
विन्ध्यवासिनी हाइड्रोपावर
विन्ध्यवासिनी हाइड्रोपावरको सभा कम्पनीको कार्यालय नयाँ बानेश्वरमा बिहान १० बजे डाकिएकाे छ । सभाले ५.२६३२ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गर्ने भएकाे छ ।
चन्द्रागिरी हिल्स
चन्द्रागिरी हिल्सको साधारण सभा कम्पनीको थानकोटमा रहेकाे कार्यालयमा दिउँसो साढे १२ बजे बाेलाइएकाे छ । सभामा याे पटक लाभांशकाे प्रस्ताव छैन ।
हाथवे इन्भेष्टमेन्ट नेपाल
हाथवे इन्भेष्टमेन्ट नेपालको साधारण सभा लैनचौर ब्यांकेटमा बिहान १० बजे बाेलाइएकाे छ । साधारण सभाले १०.५२६ प्रतिशत लाभांशकाे प्रस्ताव अनुमाेदन गर्नेछ ।
कालिन्चोक दर्शन
कालिन्चोक दर्शनको सभा रोयल इभेन्ट (पार्टी प्यालेस) तीनकुने काठमाडौंमा पूर्वान्ह साढे ११ बजे बाेलाइएकाे छ । सभामा लाभांशकाे पेश हुनेछैन ।
सानिमा मिडिल तमोर हाइड्रोपावर
सानिमा मिडिल तमोर हाइड्रोपावरको साधारणा सभा कुण्डलिनी दरबार ब्यांकेट चण्डोल काठमाडौंमा पूर्वान्ह ११ बजे डाकिएकाे छ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान लगायतका वित्तीय विषयहरुमा छलफल हुनेछ । लेखापरीक्षककाे नियुक्ति तथा पारिश्रमिक ताेकिने भएकाे छ ।
अरुण काबेली पावर
अरुण काबेली पावरको सभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वरमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभाका लागि आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान लगायत आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने एजेण्डाहरु रहेका छन् ।
अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी
अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको साधारण सभा लिसारा रिसेप्सन, भगवति बहाल, नक्सालमा बिहान १० बजे बाेलाइएकाे छ । सभामा लाभांशकाे प्रस्ताव पेश नगरिने जनाइएकाे छ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानका बारेमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेकिने भएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




