
काठमाडाैं, २७ पुस । हिमालयन एभरेष्ट इन्स्योरेन्स लाभांश वितरणकाे प्रस्ताव पारित गर्नका लागि साधारण सभा बाेलाएकाे छ ।
सभामा कम्पनीले सेयरधनीहरुलाई दिने गत आर्थिक वर्षको मुनाफाबाट १४.९७ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुनेछ ।
इन्स्योरेन्सले माघ २५ गते, बिहीबार, बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौँमा तीसौँ साधारण सभा बाेलाएकाे छ । साधारण सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।
सभाबाट ८.६३ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ६.३७ प्रतिशत नगद लाभांश वितरणकाे विशेष प्रस्ताव पारित हुनेछ। प्रबन्धपत्र तथा नियमावली संशोधनकाे अख्तियारी सञ्चालक समितिलाई दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति तथा रिक्त संस्थापक सञ्चालक चयन गरिने भएकाे छ । साथै लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका एजेण्डाहरू रहेका छन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १४ गते बुकक्लोज गर्ने जनाएकाे छ। लाभांश पाउन र सभामा सहभािग हुनका लागि सेयरधनीहरूले माघ ११ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




