नेपाल इन्भेष्टमेन्ट बैंकले पायाे ऋणपत्र ल्याउन सेबोनको अनुमति

-



     सफल आवाज    
     मंसिर २१ गते २०७७ मा प्रकाशित



काठमाडाैं, २१ मंसिर । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ । बोर्डले बैंकलाई  मंसिर १८ गते ऋणपत्र निष्कासन गर्नका लागि अनुमति प्रदान गरेकाे हाे ।

बैंकले ४ अर्ब रुपैयाँ बराबरको ‘८.५ प्रतिशत, ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नामक ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि असाेज ५ मा आवेदन गरेकाे थियाे ।

बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत विभिन्न संघ संस्थालाई  २४ लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएकाे छ । ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेकाे छ ।