आज अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

-



     सफल आवाज    
     माघ ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरो लगायत अन्य केहि देशको मुद्राको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ७३ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ३३ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ १४ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय ५४ रुपैयाँ २७ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४१ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ १७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९९ रुपैयाँ १९ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्र घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः