
काठमाडौं, ६ माघ । फुटवेयर उत्पादक संघ नेपालको अध्यक्षमा रुद्रप्रसाद न्यौपाने निर्वाचित भएका छन्। संघको सम्पन्न २२औँ वार्षिक साधारणसभाबाट न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा सुरज बन्जाडे, उपाध्यक्षमा दीपेन्द्र थापा, जीवनकुमार श्रेष्ठ र ज्ञानेन्द्रप्रसाद दाहाल, महासचिवमा योगेन्द्र पाण्डे, उपमहासचिवमा निर्मल भट्टराई, सचिवमा शङ्करकुमार गौतम र कोषाध्यक्षमा अनुप मानन्धर निर्वाचित भएको निर्वाचन समितिका सदस्य विनोदमणि भट्टराईले जानकारी दिए।
सदस्यमा विष्णुप्रसाद पौडेल, छविलाल पौडेल, अर्जुनकुमार गौतम, अशोककुमार श्रेष्ठ, बालमुकुन्द श्रेष्ठ, सुदिप बराल, कुमार न्यौपाने र चोलाप्रसाद पाठक रहेका छन्। नवनिर्वाचित अध्यक्ष न्यौपानेले फुटवेयर उद्योगको दिगो विकास, स्थायित्व, संरक्षण र प्रवद्र्धनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालिन कार्ययोजना बनाएर अगाडि बढ्ने बताए।
साधारणसभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले मुलुकको अर्थतन्त्र विकासका लागि फुटवेयर क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यस क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्नुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले फुटवेयर क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि सरकारले सहयोग गर्नुपर्ने बताए। कार्यक्रममा विभिन्न व्यवसायी सङ्घ संस्थाका अध्यक्ष एवम् पदाधिकारीहरुको सहभागीता थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




