महालक्ष्मी विकास बैंककाे खुद मुनाफा घट्याे

-



     सफल आवाज    
     माघ ६ गते २०८० मा प्रकाशित



काठमाडाैं, ६ माघ । महालक्ष्मी विकास बैंककाे खुद मुनाफा घटेकाे छ । बैंककाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अनुसार खुद नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा घटेको छ।

बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा रूपैयाँ २७ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो नाफा गएकाे आर्थिक वर्षको सोही समयभन्दा १२.०३ प्रतिशतले थाेरै हो। गएकाे वर्ष याे नाफा रूपैयाँ ३१ करोड ६० लाख रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी १४.५३ प्रतिशतले घटेको छ । खुद फि र कमिशन आम्दानी ३३.९३ प्रतिशतले बढेको छ। कुल सञ्चालन आम्दानी १०.७१ प्रतिशतले घटेकाे छ । सञ्चालन मुनाफामा १२.८३ प्रतिशतले गिरावट भएकाे छ।

पुस महिनासम्म बैंककाे वितरणयोग्य मुनाफा रूपैयाँ ६ करोड ८३ लाख रहेको छ । प्रतिशेयर आम्दानी आम्दानी २ रुपैयाँ ४३ पैसा घटेर १३ रुपैयाँ ३३ पैसा कायम भएकाे छ। मूल्य आम्दानी रेसियाे २५.५८ गुणा छ । नेटवर्थ १५४ रुपैयाँ ४ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी रूपैयाँ ४ अर्ब १७ करोड १३ लाख रहेको छ । जगेडा कोषमा रूपैयाँ २ अर्ब २५ करोड ४० लाख रहेकाे छ । यस अवधिमा बैंकले रूपैयाँ ५३ अर्ब ४ करोड निक्षेप संकलन गरेकाे छ भने रूपैयाँ ४० अर्ब ५० करोड कर्जा लगानी गरेको छ।