
काठमाडौं, ७ माघ । नबिल बैंकले यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण सार्वजनिक गरेकाे छ । बैंककाे सार्वजनिक भएकाे यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार रुपैयाँ ३ अर्बभन्दा बढी नाफा कमाउन सफल भएकाे हाे ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंककाे नाफा रुपैयाँ ३ अर्ब २० करोड ३० लाख रुपैयाँ रहेकाे छ। यो नाफा गत आर्थिक वर्षको सोही समयकाेभन्दा ६.२८ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही समयमा बैंककाे नाफा रुपैयाँ ३ अर्ब ४१ करोड रहेकाे थियो।
बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशत रहेकाे छ । खुद शुल्क र कमिशन आम्दानी १५.७२ प्रतिशतले बढेको छ। कुल सञ्चालन आम्दानी ५.७५ प्रतिशतले बढेको देखिन्छ । सञ्चालन मुनाफा भने ६.१८ प्रतिशतले गिरावट भएकाे छ।
निष्क्रिय कर्जा १.४६ प्रतिशतबाट घटेर १.२० प्रतिशत कायम भएकाे छ। तर इम्पेरमेन्ट चार्ज १ अर्ब ८८ करोडबाट बढेर १ अर्ब ९७ करोड भएकाे छ।
पुसकाे अन्त्यसम्म बैंकको वितरणयोग्य नाफा रुपैयाँ १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ रहको छ । प्रतिशेयर आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर २३ रुपैयाँ ६८ पैसा कायम भएकाे छ। मूल्य आम्दानी रेसियाे २०.८३ गुणा रहेको छ । नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा रहेको छ।
बैंकको चुक्ता पूँजी रुपैयाँ २७ अर्ब ५ करोड ६९ लाख रहेकाे छ । यसकाे जगेडा कोषमा रुपैयाँ २८ अर्ब २५ करोड ७७ लाख रहेकाे छ। पुससम्म बैंकले रुपैयाँ ४ खर्ब २८ अर्ब ८३ करोड निक्षेप संकलन गरेकाे छ । रुपैयाँ ३ खर्ब ६२ अर्ब ८७ करोड कर्जामा लगानी गरेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




