ग्लोबल आइएमई बैंकले कमायाे २ अर्ब ४ करोड मुनाफा, यस्ता छन् अन्य सूचक

-



     सफल आवाज    
     माघ ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ माघ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षमा रुपैयाँ २ अर्ब ४ करोड खुद नाफा गरेकाे छ । बैंककाे सार्वजनिक भएकाे दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गएकाे आर्थिक वर्षको सोही अवधिकोभन्दा घटेको छ।

यस आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले रुपैयाँ २ अर्ब ४ करोड खुद नाफा कमाएकाे छ। यो नाफा गएकाे आर्थिक वर्षको सोही अवधिकोभन्दा २६.५७ प्रतिशतले थाेरै हो। गएकाे वर्षको सोही अवधिकाे नाफा रुपैयाँ २ अर्ब ७८ करोड थियाे ।

बैंकको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशत रहेकाे छ । खुद फि र कमिशन आम्दानी ४४.५४ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी ३९.२२ प्रतिशतले बढेको छ।

बैंकको सञ्चालन मुनाफा २५.०८ प्रतिशतले घटेको छ। निष्क्रिय कर्जा बढेर ४.६८ प्रतिशत पुगेको छ। यसैकाे कारण इम्पेरमेन्ट चार्ज रबढेर रुपैयाँ ४ अर्ब १३ करोड पुगेको छ। यस अवधिमा वितरणयोग्य मुनाफा रुपैयाँ १ अर्ब २७ करोड ऋणात्मक छ ।

बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा घटेर ११ रुपैयाँ ३१ पैसा कायम भएकाे छ। मूल्य आम्दानी रेसियाे १८.१३ गुणा रहेको छ । नेटवर्थ १५७ रुपैयाँ ४० पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी रुपैयाँ ३६ अर्ब १२ करोड ८७ लाख रहेकाे छ । यसकाे जगेडा कोषमा रुपैयाँ २० अर्ब ७३ करोड ९१ लाख रहेकाे छ। पुसको अन्त्यसम्म रुपैयाँ ४ खर्ब ५४ अर्ब २४ करोड निक्षेप संकलन गरेकाे छ भने रुपैयाँ ३ खर्ब ६४ अर्ब ७४ करोड कर्जा लगानी गरेको छ।