
काठमाडौं, ८ माघ । नेपाल राष्ट्र बैंकले नीति, नियम उल्लंघन गरेकाे भन्दै ४ बिकास बैंक र १ फाइनान्सलाई सचेत गराएकाे छ । उनीहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियामकीय व्यवस्था उल्लंघन गरेको जनाएकाे छ ।
कारबाही स्वरूप सचेत गराएकाेहरूमा एक्सेल डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र सिन्धु विकास बैंक रहेका छन् । साथै फाइनान्समा रिलायन्स फाइनान्स रहेकाे छ ।
एक्सेल बैंकले रियल स्टेट र सेयर कर्जा स्वीकृत गर्नु अगाडी ऋणी कम्पनीकाे कर्जाहको प्रयोजन, उद्देश्य, कर्जा उपयोग हुने क्षेत्र, आधार, कर्जाको सावाँ ब्याज चुक्ता हुने आधारलगायतका विवरणहरुको विश्लेषण नगरेको जनाइएकाे छ । साथै कर्जाको सदुपयोग नभएको भन्दै सञ्चालक समितिलाई सचेत गराएको छ ।
गरिमा विकास बैंकले कालिका लघुवित्त वित्तीय संस्थाका पूर्व अध्यक्षले राजिनामा दिएकाे एक वर्ष पूरा नहुँदै आफ्नो नाममा रहेको कर्जा नियमित गर्न सेयर धितो कर्जा दिने कार्यमा संलग्न रहेको पाइएकाे भन्दै सचेत गराइएको छ ।
कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावत र तत्कालीन अध्यक्ष राजेन्द्र विर रायलाई ५ लाख रुपैयाँका दरले जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ ।
सिन्धु विकास बैंकको सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतलाई साे बैंककाे आन्तरिक नियन्त्रण प्रणाली निकै कमजोर रहेको भन्दै राष्ट्र बैंकले सचेत गराएको जनाएकाे छ ।
राषट्र बैंकले रिलायन्स फाइनान्सको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत प्रकाश श्रेष्ठलाई निक्षेपकर्ताको हितका विरूद्ध कार्य गरेको कारण कराबाही गरेकाे राष्ट्र बैंकले जनाएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




