सोमबार सुनचाँदी स्थिर भाउमा खरिद बिक्री हुँदै

-



     सफल आवाज    
     माघ ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ माघ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन साेमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको भाउ स्थिर रहेकाेले आईतबारकै भाउमा खरिदबिक्री भइरहेकाे जनाएकाे हाे ।

छापावाल सुन तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ। यसअघि आईतबार पनि छापावाल सुन तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहि तोलाको १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुन तोलाको १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीको भाउ पनि स्थिर रहि तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा नै कारोबार भएको थियो ।