गुराँस लघुवित्तको खुद नाफामा बृद्धि

-



     सफल आवाज    
     माघ १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० माघ । गुराँस लघुवित्तको खुद नाफा आकर्षक ढंगले बढेकाे देखिएकाे छ । संस्थाकाे चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म खुद नाफा बढेको पाइएकाे छ ।

कम्पनीले ७७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष साेहि अवधिमा याे नाफा यसले २ लाख ४७ हजार रुपैयाँ रहेकाे थियो ।

संस्थाकाे खुद ब्याज आम्दानी बढेकाे छ । सञ्चालन नाफा बढेको र खराब कर्जा घटेकाेले खुद नाफामा आकर्षक बृद्धि भएको हो । खुद ब्याज आम्दानी २८.७९ प्रतिशतले बढेर २ करोड ८९ लाख १७ हजार रुपैयाँ भएकाे छ । गएकाे वर्ष याे २ करोड २४ लाख ५३ हजार रुपैयाँमा सिमित थियाे ।

संस्थाकाे सञ्चालन नाफा ७९ लाख ७६ हजार रुपैयाँ रहेकाे छ । गइकाे वर्ष साेहि अवधिमा १३ लाख ८२ हजार रुपैयाँ सञ्चालन घाटा थियाे । 

पुसकाे अन्त्यसम्म खराब कर्जा ०.५२ प्रतिशतले घटेर ३.७५ प्रतिशत कायम भएकाे छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ २४ पैसा रहेकाे छ । नेटवर्थ १२९ रुपैयाँ ६७ पैसा छ भने चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ रहेकाे छ ।