
काठमाडौं, १० माघ । नेपाल लघुवित्त बैंकर्स संघले पछिल्लो समय लघुवित्तबारे अनाबश्यक भ्रम फैलिएको भन्दै सहयोगका लागि सरकारसँग अनुरोध गरेको छ । संघका अध्यक्ष रामबहादुर यादवको नेतृत्वका अर्थमन्त्री डा. प्रकाशरण महतलाई भेटी संघले बजारमा आएका भ्रमहरु चिर्ने अभियानमा साथ दिन अनुरोध गरेका हुन् ।
अर्थमन्त्री महतलाई भेट गर्न लघुवित्त बैंकर्स संघका अध्यक्ष यादवसहित पूर्व अध्यक्ष बसन्त लम्साल, उपाध्यक्ष रामहरी दाहाल, महासचिव सञ्जय मण्डल, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका कार्यकारी प्रमुख डा. गोपाल दहित पुगेका थिए । संघले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएपछि तिर्नै पर्ने र मिनाहा हुन्छ कि भन्ने भ्रम पाल्न नहुने बारे अर्थमन्त्राले बोलिदिनु पर्ने बताएका थिए ।
अध्यक्ष यादवका अनुसार अर्थमन्त्री डा महत पनि यस बिषयमा सकारात्मक रहेका छन । अर्थमन्त्री महतले चाडै विज्ञप्ति जारी गरेर नियमित साँवा तथा ब्याज भुक्तानीका लागि अनुरोध गर्ने बचन दिएकाे बताइएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




