
काठमाडौं, ११ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोको भाउ घटेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ७० पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ३० पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ २६ पैसा रहेको छ।
बेलायती पाउण्ड १ को खरिददर १ सय ६९ रुपैयाँ १४ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ९० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १ सय ५४ रुपैयाँ २३ पैसा रहेको छ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ १३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ २ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४७ पैसा रहेको छ ।
मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।
आजको मूल्यसूचीः








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




