
सिरहा, १३ माघ । सिरहाको लहानमा ‘लहान एक्पो‘ मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव आगामी चैतमा हुने भएको छ । उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापित गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना हुन लागेको हो ।
महोत्सव लहानस्थित पशुपति आदर्श माविको प्राङ्गणमा जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाको आयोजना र लहान नगरपालिकाको संरक्षकत्वमा २०८० चैत २९ गतेदेखि २०८१ वैशाख ९ गतेसम्म महोत्सव हुनेछ ।
जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाका अध्यक्ष विकास सारडाले महोत्सवलाई सफल बनाउन प्रदेशका विभिन्न मन्त्रालय, नेपाल पर्यटन वोर्ड र नेपाल उद्योग वाणिज्य महासङ्घको साथ तथा सहयोग रहने बताए ।
“लहान एक्स्पोले उद्योग, व्यापार र सांस्कृतिक क्षेत्रमा सम्बन्ध बनाउने एक महत्वपूर्ण कदमको रूपमा उत्कृष्टता प्रदान गर्ने विश्वास लिएको छु”, अध्यक्ष सारडाले भने, “यसले देशको आर्थिक गतिविधिलाई बढावा दिने योजनामा एक महत्वपूर्ण योगदान प्रदान गर्ने छ ।”
अध्यक्ष सारडाका अनुसार नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका लगानी कर्ता, उत्पादक, वितरक, निर्यात कर्तालाई एउटै मञ्चमा भेला गराई सामग्रीको प्रत्यक्ष अवलोकन तथा जानकारी गराउने उद्देश्यका साथ सञ्चालन हुने महोत्सवमा एक सय ५० स्टल राखिने छन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




