माउन्टेन ग्लोरी लिमिटेडले ४० करोडको साधारण शेयर निष्काशन गर्ने

-



     सफल आवाज    
     माघ १३ गते २०८० मा प्रकाशित



काठमाडाैं, १३ माघ। पोखराकाे दोभिल्लामा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरिरहेको माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणहरुको लागि १०० अकिंत दरको ४०,००,००० कित्ता साधारण शेयर निष्काशन गर्ने भएकाे छ । कंपनीले शेयर सम्बन्धि सम्पुर्ण कार्य गर्न लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी एलएस क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त समेत गरेको छ ।

साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष शुनिलभक्त श्रेष्ठ तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठका बीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता भएकाे छ ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० प्रतिशत लगानी रहेको उक्त रिसोर्टले निकट भविष्यमा ४० करोडको शेयर निष्काशन गर्ने योजना बनाएको छ । शेयर निष्काशन पश्चात हाेटलमा थप कोठाहरु बिस्तार गरि विदेशी होटलसंग अनुबन्धन गरेर ५ तारे होटलकोे रुपमा सेवा उपलब्ध गराउने योजना रहेकाे कम्पनीको भनाइ छ ।

हाल जारी पूँजी १ अर्व ५० करोड रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्ला स्थीत करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठा सहित बिशेष सुविधा सम्पन्न रिसोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी सेवा प्रदान गर्दै आएको छ ।