
काठमाडौं, १४ माघ । अरुण भ्याली हाइड्रोपावर कम्पनीकाे माघ १५ गते साेमबार बुक क्लोज हुने भएकाे छ । कम्पनीकाे शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिन चाहनेले आजसम्म सेयर काराेबार गरेकाे हुनुपर्ने बताइएकाे छ।
कप्पनीले जारी गर्ने शतप्रतिशत हकप्रद सेयरका लागि सेयरधनीहरूले आज माघ १४ गतेसम्म नेप्सेमा सेयर कराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनी मात्रै साे सेयरका लागि आवेदन दिन याेग्य हुनेछन् ।
कप्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १ बराबर १ काे रेसियाेमा रूपैयाँ १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद बिक्री गर्ने जनाएकाे छ ।
चुक्ता पुँजी रूपैयाँ १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रहेकाे अरुण भ्यालीको हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पीके हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गरिने भएकाे छ ।
कम्पनीका अनुसार बाँकी रहने रूपैयाँ ९३ करोड ३९ लाख ८१ हजार ३ सय सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माणका लागि बैंकहरुबाट लिएको ऋण भुक्तानीमा लगाइने भएकाे छ ।
सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




