सोमबार सुनचाँदी दुबैको भाउ बढ्यो

-



     सफल आवाज    
     माघ १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ माघ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १८ रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।