
काठमाडौं, १५ माघ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्सेमा देखिएकाे सकारात्मक माहाेलले लगानीकर्ताहरूकाे मनाेबल बढेकाे छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ विन्दुमा उक्लिएको छ । यसदिन नेप्सेमा ०.४८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.८६ अंकले बढेर ३८१.०६ विन्दुमा पुगेको छ ।
१३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी १० वटा उपसमूहहरुमा हरियो लागेको छ । यसदिन कुल ३११ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ ।
उनीहरुको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँ ८२ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६० करोड १६ लाख ७१ हजार ८०९ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै युनियन हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गरिमा डिबेञ्चर २०८५ को सेयरमूल्य घटेको छ । सो सेयरमूल्य १० प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




