एनआईबिएल स्टेबल फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     माघ १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ माघ । एनआईबिएल स्टेबल फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। साे फण्डकाे एनआईएमबि एस क्यापिटल लिमिटेडले माघ २ गतेदेखि बिक्री खुल्ला गरेको थियाे ।

प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। यसकाे कुल इकाईबाट १० लाख इकाई योजना व्यवस्थापक रहेकाे एनआईएमबि एस क्यापिटलका लागि रहेकाे छ ।

यसमा १ करोड ४० लाख इकाई कोष प्रवर्धक रहेकाे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका लागि रहेकाे छ। बाँकी रहने ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि रहेकाे छ ।

लगानीकर्ताले साे फण्डमा लगानीका लागि घटिमा १०० इकाईका लागि आवेदन दिन पाइनेछ । बढीमा १ करोड इकाईसम्म आवेदन दिन पाइनेछ ।

उक्त इकाई ताेकिएकाे अवधिमा ५० प्रतिशत अथवा ५ करोड इकाई खरिदका लागि आवेदन पेश भएमा बाँडफाँड गरिने भएकाे छ भने न्यूनतम संख्यामा इकाई बिक्री नभएकाे खण्डमा योजना खारेज गरेर १५ दिन भित्रमा रकम फिर्ताकाे भुक्तानी प्रक्रिया शुरु हुनेछ।

यसकाे अवधि १२ वर्षका लागि रहेकाे छ । यसमा लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइनबाट आवेदन दिन पाउनेछन्।

फण्डको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।