विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

-



     सफल आवाज    
     माघ १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोको भाउ भने बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ६८ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ २८ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ५२ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ ९९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय ५४ रुपैयाँ ४६ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५० पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः