नकारात्मक लयमा नेप्से, ५ अर्ब २९ करोडको कारोबार

-



     सफल आवाज    
     माघ १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ माघ । अघिल्लाे ३ दिनसम्म लगातार सकारात्मक बनेको नेप्सेमा आज भने नकारात्मक लय देखिएको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेप्सेमा २१.६७ अंकको गिरावट भएको हाे।

यसरी घटेको नेप्से २०९७.९३ विन्दुमा झरेको छ । नेप्सेमा १.०२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.०८ अंकले घटेर ३७८.६३ विन्दुमा रहेको छ ।

यसदिन उत्पादन उपसमूहमा मात्रै हरियो लागेको छ । बाँकी रहेका १२ वटै उपसमूहहरुमा रातो लागेको छ । कुल ३१३ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ ।

उनीहरुको १ करोद्ध ४७ लाख ७७ हजार १२० कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँ ४८ पैसा बराबरको कारोबार भएको थियो ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६३ करोड ८७ लाख ८२ हजार ६९१ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै साम्लिङ पावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.८७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ५.८७ प्रतिशतले घटेको छ ।