
काठमाडौं, १८ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमका अनुसार पेट्रोल, डिजेल तथा मट्टितेलमा पहिलो, दोस्रो र तेस्रो वर्ग अनुसार मूल्य बढाएको छ । जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँका दरले मूल्य बृद्धि गरिएकाे छ।

निगमले पहिलो वर्गलाई पेट्रोलको भाउ प्रतिलिटर १६७.५० रुपैयाँ ताेकेकाे छ । दोस्रोलाई १६९ पैसा र तेस्रो वर्गलाई १७० रुपैयाँ ताेकेकाे छ ।
डिजेल र मट्टितेलको भाउ प्रतिलिटर पहिलो वर्गका लागि १५५.५० रुपैयाँ, दोस्रोलाई १५७ रुपैयाँ र तेस्रोलाई १५८ रुपैयाँ ताेकिएकाे छ ।
यसपटक खाना पकाउने एलपी ग्यासको मूल्यमा भने १५ रुपैयाँले बढेको १९१० रुपैयाँ कायम भएको छ । अब खुद्रा बिक्रीमूल्य १९ सय १० पर्नेछ ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




