
काठमाडौं, १८ माघ । लाभांशकाे प्रस्ताव पारित गर्न युनाइटेड अजोड इन्स्याेरेन्सकाे साधारण सभा डाकिएकाे छ। कम्पनीकाे साधारण सभा फागुन ६ गते अनमोल ब्यांक्वेट, शंखमुल, काठमाडौंमा डाकिएकाे हाे। सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।
साधारण सभाबाट १०.२६१२ प्रतिशत बोनस सेयर तथा त्यसकाे कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगदसहित १०.८०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमाेदन गरिनेछ। यस्तै आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान र नगद प्रवाहलगायतका विषयमा छलफल गरिने भएकाे छ।
यस्तै सभामा आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने, संस्थापक सेयरधनीहरुबाट सञ्चालक समितिको प्रतिनिधित्वका लागि ३ जना र सर्वसाधारणबाट २ सञ्चालककाे चयन गरिने लगायतका एजेण्डा रहेका छन्।
कम्पनीले साधरणा सभा प्रयोजनका लागि माघ २२ गते बुक क्लोज गर्ने बताएकाे छ । साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि सेयरधनीहरूले माघ २१ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




