प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच किन भयाे भेट ?

-



     सफल आवाज    
     माघ १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष के पी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ । आसन्न संसद अधिवेशनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट र छलफल भएकाे हाे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा उनीहरुबीच शान्ति प्रक्रियाका बाँकी कामका साथै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत अन्य विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन। यही माघ २२ गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठक हुँदैछ ।