साल्ट ट्रेडिङ कर्पोरेसनकाे खुद नाफा ९०.१६ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     माघ १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ माघ ।  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खुद नाफा ९०.१६ प्रतिशतले बढेकाे छ ।

कम्पनीकाे सार्वजिनक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार कम्पनीले ३ करोड ५८ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे हाे ।

कम्पनीले गएकाे वर्ष १ करोड ८८ लाख नाफा आर्जन गरेको थियो ।  कम्पनीकाे नाफा रूपैयाँ ३ अर्ब ४५ करोड ३८ लाख रुपैयाँ रहेकोमा बढेर ६ अर्ब ६९ करोड ५६ लाख पुगेको छ । अन्य आम्दानी रूपैयाँ १ करोड ७३ लाखबाट बढेर १ करोड ८२ लाख भएकाे छ ।  

कर्पोरेसनकाे चुक्ता पुँजी २७ करोड ८८ लाख ८४ हजार रुपैयाँ रहेको कम्पनीकाे जगेडा कोषमा १ अर्ब ३५ करोड ७७ लाख रुपैयाँ रहेकाे छ ।

प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६९ पैसा रहेकाे छ । नेटवर्थ ४१९ रुपैयाँ ३५ पैसा रहेको छ ।