
काठमाडाैं, २३ माघ। प्रोग्रेशिभ फाइनान्स लिमिटेडले माघ २२ गते सोमवार २६औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष किशोर कुमार महर्जनको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष महर्जनले संस्थाले आर्थिक वर्ष २०७८/७९ मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारेका थिए।
वहाँले चालू आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाहरुबारे जानकारी दिएका थिए । साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञाशाहरुको जवाफ दिनुहुँदै अध्यक्ष किशोर कुमार महर्जनले संस्था अपेक्षित रुपले प्रगतिपथमा लम्किरहेको जानकारी गराए ।
यो आफ्नो अन्तिम कार्यकाल रहेको हुँदा यसै साधारण सभाबाट आफू संस्थाको अध्यक्षबाट निवृत्त हुनलागेको जानकारी दिँदै उनले आफ्नो कार्यकालमा बसाइएको जगलाई आगामी सञ्चालक समितिले अझ बलियो बनाउनेमा विश्वस्त रहेको धारणा व्यक्त गरे । उनले शेयरधनीहरुबाट प्राप्त सल्लाह तथा सुझावहरुको सराहना समेत गरेका थिए। आगामी दिनहरुमा यस्ता सुझावहरुको कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरे ।
साधारण सभाले आर्थिक वर्ष २०७८/ ७९को वित्तीय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७९/८०का निम्ति बाह्य लेखापरीक्षकका रुपमा रन्जीव एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले आगामी ४ वर्षका लागि ६ सदस्यीय सञ्चालक समितिको निर्विरोध चयन गरेको छ । सञ्चालकका रुपमा लक्ष्मी प्रसाद महर्जन, शंभु लाल डंगोल, सविना महर्जन, प्रज्वल कुमार दाहाल, राजभाई डंगोल र अनिश महर्जन आगामी ४ वर्षका निम्ति चयन भएकाे संस्थाका प्रमुख सूचना अधिकारी प्रमोद भट्टराईले बताएका छन ।
वित्तीय संस्थाले हाल २२ वटा शाखा कार्यालय तथा ४ वटा एक्सटेन्सन काउन्टरहरु मार्फत आफ्ना सेवाहरु प्रवाह गरिरहेको छ । साथै संस्थाले चालू आर्थिक वर्षमा पनि व्यवसाय तथा कार्यक्षेत्र विस्तार गर्ने क्रममा थप शाखा तथा एक्सटेन्सन काउन्टरहरु स्थापना गरी प्रविधिमा आधारित आधुनिक वित्तीय सेवा प्रवाह गर्ने योजना बनाएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले बताएका छन ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




