
काठमाडौं, २३ माघ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४५ प्रतिशतले बृद्धि हुँदा सेनसेटिभ इण्डेक्स भने १.४५ अंकले घटेर ३७७.८३ विन्दुमा रहेको छ ।
१३ उपसमूहमध्ये २ वटामा मात्रै रातो लागेको छ । बाँकी रहेका १ वटा उपसमूहहरुमा हरियो लागेको छ । यसदिन कुल ३१५ कम्पनहिरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ७६ लाख २४ हजार ३७६ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ५९
करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँ ७६ पैसा बराबरको कारोबार भएको छ । कारोबारको आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ३३ करोड ७६ लाख २ हजार ४७० रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै साम्लिङ पावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




