नेपाल लाइफकाे नाफा र प्रतिशेयर आम्दानी दुबैमा बृद्धि

-



     सफल आवाज    
     माघ २४ गते २०८० मा प्रकाशित



काठमाडाैं, २४ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकाे खुद नाफामा बृद्धि भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा र प्रतिशेयर आम्दानी दुबैमा बृद्धि भएकाे हाे ।

कम्पनीले यस आर्थिक वर्षको शुरू ६ महिनासम्ममा रुपैयाँ ४२ करोड ७७ लाख नाफा कमाएकाे छ। यो नाफा गएकाे वर्षको सोही समयकाेभन्दा १२.९० प्रतिशतले बढी हो। गएकाे वर्ष साेहि समयमा कम्पनीकाे नाफा रुपैयाँ ३७ करोड ८८ लाख थियाे ।

कम्पनीकाे बीमाशुल्क ७.१३ प्रतिशतले बढेको छ भने खुद दाबी भुक्तानी १०.८८ प्रतिशतले बढेको छ। कुल आम्दानी १०.७१ प्रतिशतले बढ्दा कुल खर्च ९.७० प्रतिशतले बढेको छ।

प्रतिशेयर आम्दानी १ रुपैयाँ १९ पैसा बढेर १० रुपैयाँ ४२ पैसा कायम भएकाे छ। नेटवर्थ १२८ रुपैयाँ १ पैसा रहेको छ । यसकाे मूल्य आम्दानी रेसियाे ६२.८६ गुणा रहेको छ।

इन्स्योरेन्सको चुक्ता पूँजी रुपैयाँ ८ अर्ब २० करोड रहेकाे छ । सेयर प्रिमियममा रुपैयाँ ४ करोड ३८ लाख रहेकाे छ । विपद् कोषमा रुपैयाँ १ अर्ब ४ करोड रहेकाे छ। कमपनीकाे रिटेन्ड अर्निङ्ग रुपैयाँ १ अर्ब ३ करोड रहेको छ । इक्विटी रुपैयाँ १७ करोड रहेको छ।