नेप्सेमा सामान्य अंकको बृद्धि, २ अर्ब ७९ करोडको कारोबार

-



     सफल आवाज    
     माघ २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ माघ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्सेमा सामान्य अंको बृद्धि देखिएको छ ।

नेप्सेमा ३.०८ अंकको बृद्धि भएको हो । यसरी बढेको नेप्से परिसूचक २०८८.८० विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.१४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.०३ अंकले घटेर ३७७.७९ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ६ वटामा रातो लागेको छ । बाँकी रहेका ७ वटा उपसमूहहरुमा हरियो लागेको छ । यसदिन कुल ३१३ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ७६ लाख २० हजार २१३ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ७९ करोड ३७ लाख ७७९ रुपैयाँ ७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको २४ करोड ३७ लाख २३ हजार २६४ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरुमूल्य १० प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै ९.५ प्रतिशत एनसिसि डिबेन्चर २०८६ को सेयरमूल्य घटेको छ । सो डिबेन्चरको सेयरमूल्य ५.२५ प्रतिशतले घटेको छ ।