
काठमाडौं, २५ माघ । सर्वोत्तम सिमेन्टकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले पुस २५ गतेदेखि उद्योगबाट प्रभावित क्षेत्रका जनताका लागि ९ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेको थियाे ।
उद्योग बाट प्रभावित क्षेत्र नवलपारासीकाे सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा खानी उत्खनन् प्रभावित क्षेत्र पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २ रहेका छन् ।
यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानियका लागि ९ लाख ३० हजार कित्ता निष्काशन गरिएकाे थियाे ।
सेयरमा लगानीका लागि लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा मूल्यमा आवेदन दिन पाउनेछन्। यसका लागि घटीमा ५० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले नवलपरासीमा रहेकाे ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंक र तोकिएका शाखाबाट आवेदन दिन पाउनेछन् ।
उता खानी उत्खनन् प्रभावित क्षेत्रका जनताले पाल्पाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंक र तोकिएका शाखाबाट आवेदन दिन पाउनेछन्।
सर्वोत्तम सिमेन्टकाे उद्योग नवलपरासीकाे सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा छ। जहाँबाट २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन भइरहेकाे छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यसकाे सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेका छन्।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




