
काठमाडौं, २५ माघ । इस्टर्न हाइड्रोपावरकाे ७२.५३ प्रतिशतले बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे यस आर्थिक वर्षको दोस्रो त्रैमासम्मकाे वित्तीय विवरण अनुसार रूपैयाँ १ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेकाे छ ।
कम्पनीकाे याे नाफा गएकाे वर्षको साेहि अवधिकोभन्दा ७२.५३ प्रतिशतले बढी हो । गएकाे वर्षमा कम्पनीकाे नाफा रूपैयाँ ७९ लाख ८१ हजार थियाे ।
विद्युत बिक्रीकाे आम्दानी रूपैयाँ ७ करोड ९४ लाखबाट घटेर ७ करोड ५९ हजार रहेकाे छ । वित्तीय खर्च घटेकाे छ । यसरी साे खर्च रूपैयाँ ३ करोड १ लाखबाट घटेर २ करोड ७२ लाखमा सिमित भएकाे छ ।
कुल खर्च घटेर २ करोड ६७ लाख रुपैयाँ कायम छ । यास अघि कुल खर्च ३ करोड ३२ लाख थियाे । कम्पनीकाे वित्तीय खर्च घट्दा नाफामा बृद्धि भएाके हो ।
कम्पनीकाे चुक्ता पुँजी रूपैयाँ ६२ करोड रहेको छ । जगेडा कोषमा रूपैयाँ १४ करोड ९० लाख ऋणात्मक रहेकाे छ भने प्रतिसेयर आम्दानी २ रुपैयाँ २२ पैसा रहेकाे छ । प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ ९६ पैसा रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




