काठमाडौं, २२ मंसिर । बीमा समितिले आज दुई अलग अलग परिपत्र जारी गर्दै पुनर्बिमा व्यवसाय र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएस विधिअनुसार वित्तीय विवरण प्रकाशित गर्नका लागि निर्देशन दिएको छ ।
बीमा समितिले पुनर्बिमा व्यवसाय गर्ने कम्पनीका लागि पुनर्बिमा व्यवसाय गर्ने बिमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ ।
यस्तै बीमा समितिले निर्जीवन बीमा कम्पनीका लागि निर्जीवन बीमा व्यवसाय गर्ने बिमकहरुको एनआरएफएसमा तोकिएअनुसार वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ ।
अब बीमा समितिले जारी गरेको निर्देशन अनुसार पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीले ताेकिएबमाेजिमकाे प्रणालीअनुसार वित्तीय विवरण प्रकाशित गर्नुपर्ने भएको छ ।
के हो एनएफआरएस ?
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एनएफआरएस अर्थात नेपाल फाइनान्सियल रिपोर्टिङ्ग स्टाण्डर्ड अनुसार वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएपछि लगानीकर्ताहरु एनएफआरएसका बारेमा चासो लिन थालेका छन् । यसको अर्थ नेपाल वित्तीय प्रतिवेदन मानक हो । यसअनुसार कम्पनीले वित्तीय विवरणहरुलाई राख्दा विश्वभर नै बुझ्न सकिने होस भन्नका लागि हो । यसरी राख्दा कम्पनीका वित्तीय प्रतिवदेनहरु बुझ्न सकिने र एकअर्कासंग दाँज्न सकिने हुन्छन् । एनएफआरएसले आइएफआरएसको प्रणालीलाई आधार मानेर सैद्धान्तिक मान्यतालाई पछ्याएको देखिन्छ । यसले आन्तरीक र बाह्य प्रयोगकर्तालाई बुझ्न र विश्वसनिय बनाउछ ।








पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



