
काठमाडाैं, २८ माघ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाकाे नाफा घटेकाे छ । संस्थाकाे सार्वजनिक भएकाे यस आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय विवरण अनुसार संस्थाकाे नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा ९९.२६ प्रतिशतले घटेको छ।
पुस मसान्तसम्म संस्थाले रूपैयाँ ११ लाख ६ हजार नाफा कमाएको छ। यो नाफा गएकाे वर्षको सोही समयकाेभन्दा ९९.२६ ले थाेरै हो। गएकाे वर्ष समयमा संस्थालेरूपैयाँ १ करोड ४९ लाख रुपैयाँ नाफा कमाएकाे थियो।
संस्थाकाे खुद ब्याज आम्दानी २७.०८ प्रतिशतले घटेको छ । खुद फि तथा कमिशन आम्दानी ५६ लाख रुपैयाँ ऋणात्मक देखिएकाे छ। कुल सञ्चालन आम्दानी २९.६६ प्रतिशतले घटेको छ । सञ्चालन मुनाफा ८९.६२ प्रतिशतले घटेको छ।
खराब कर्जा ३.३८ प्रतिशत रहेकामा याे बढेर १३.७६ प्रतिशत भएकाे छ । इम्पेरमेन्ट चार्ज पनि बढेर रूपैयाँ ५ करोड ६४ लाख भएकाे छ।
लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८ पैसा घटेर १३ पैसामा रहेकाे छ। यसकाे वितरणयोग्य मुनाफा रूपैयाँ २६ करोड ३५ लाख रहेको छ । प्रतिशेयर आम्दानी १५ रुपैयाँ १५ पैसा छ।
संस्थाकाे चुक्ता पूँजी रूपैयाँ १ अर्ब ७३ करोड रहेको छ । यसकाे जगेडामा रूपैयाँ १ अर्ब ६ करोड रहेकाे छ । संस्थाले दोस्रो त्रैमासको अन्त्यसम्म रूपैयाँ १६ अर्ब ४२ करोड संकलन गरेकाे छ । सापटीबाट रूपैयाँ १६ अर्ब ५५ करोड कर्जा प्रवाह गरेको उल्लेख छ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




