
काठमाडौं, २९ माघ । नेपाल सरकारले चालु वर्षको बजेटको आकार १२.६२ प्रतिशतले घटाएको छ । सररकारले लक्ष्य अनुसार बजेट खर्च गर्न नसकेपछि संशोधन गरेको हाे ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले आज अर्थ मन्त्रालयमा बजेटकाे अर्ध वार्षिक समीक्षा गर्दै बजेटको आकार संशोधन गरिएको जानकारी दिए ।
डा.महतले चालु वर्षमा सरकारले रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख खर्च हुने लक्ष्य लिएकाे थियो। वर्तमान स्थितिलाई अध्ययन गर्दा लक्ष्य अनुसार बजेटकाे खर्च नहुने देखिएकाेले २ खर्ब २१ अर्ब रुपैयाँ घटाएक डा महतले बताए ।
यसअनुसार चालु वर्षमा रू १५ खर्ब ३० अर्ब २६ करोड खर्च हुने संशोधित बजेटमा उल्लेख छ । डा महतले चालु तर्फ ८८.८४ प्रतिशत, पूँजीगत तर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ८७.३९ प्रतिशत हुने अनुमान गरिएकाे छ।
संशोधन गरिएको बजेट








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




