काठमाडौं, ४ फागुन। नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ।
बैंकले फागुन १ गतेदेखि १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर भएको साे ऋणपत्र निष्काशन गरेकाे थियाे । प्रतिऋणपत्र १ हजार अंकित मूल्यमा ४ अर्ब ४ करोड बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र जारी गरिएकाे हाे।
यसमा रुपैयाँ २ अर्ब ४२ करोड ४० लाख बराबरको २४ लाख २४ हजार कित्ता व्यक्तिगत बिक्री गरिने भएकाे छ । बाँकी रहने १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख १६ हजार कित्ता सर्वसाधारणका लागि रहेकाे छ।
सर्वसाधारणका लागि बाँडफाँड हुने ऋणपत्रबाट ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ लगानीकर्ताले घटीमा २५ तथा बढीमा १० लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्।
इच्छुक लगानीकर्ताले सेबाेनबाट स्वीकृती लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन् । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




