
बर्लिन, ४ फागुन । दुई युरोपेली महाशक्तिसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार जर्मनीको राजधानी बर्लिन र फ्रान्सको राजधानी पेरिस पुग्ने भएका छन्।
युक्रेनमा जारी युद्ध तेस्रो वर्षमा प्रवेश गर्न लागेका बेला जेलेन्स्कीले म्यूनिख सुरक्षा सम्मेलनमा आर्थिक सहयोग र हतियारमा निरन्तर सहयोगका लागि आफ्नो प्रस्ताव पनि प्रस्तुत गर्नेछन् ।
सम्मेलनमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलगायत नेताहरू भेला हुनेछन् । जेलेन्स्कीको युरोपेली मुलुकको भ्रमण युक्रेनी सैनिकहरूको लागि एक महत्वपूर्ण समयमा आएको छ, जसले गोलाबारुदको कमी र ताजा रूसी आक्रमणका कारण पूर्वी अग्रपङ्तीमा बढ्दो कठिन परिस्थितिको सामना गरिरहेका छन् ।
सबैभन्दा ठूलो योगदानकर्ता संयुक्त राज्य अमेरिका चुनावी वर्षको दौडानका कारण अर्बौं डलरको पश्चिमा सहायताको दीर्घकालीन भविष्य अन्योलमा रहेको छ । वासिङ्टनमा गत वर्षदेखि ६० अर्ब अमेरिकी डलरको सैन्य सहायताको सम्भावित प्याकेज कंग्रेसमा देखिएको विवादका कारण रोकिएको छ ।
युरोपेली सङ्घ (ईयू) ले मार्चसम्ममा पठाउने वाचा गरेको १० लाख तोपखानाको आधा गोला मात्रै व्यवस्था गर्न सक्ने बताएको छ । युरोपका दुई प्रमुख शक्तिशाली मुलुकहरू जर्मनी र फ्रान्सको भ्रमणका क्रममा जेलेन्स्कीले युद्ध समाप्त भएपछि आफ्नो देशको सुरक्षा प्रत्याभूतिलाई व्यवस्थापन गर्ने प्रयास गर्नेछन् ।
जर्मन चान्सलर ओलाफ स्कोल्जले शुक्रबार युक्रेनको ‘दीर्घकालीन सुरक्षा प्रतिबद्धता र समर्थन’ समेट्ने गरी द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने जर्मन सरकारले जनाएको छ । एलिसीले शुक्रबार युक्रेनसँग सुरक्षा सम्झौतामा हस्ताक्षर हुने पनि पुष्टि गरेको छ, तर यसको विषयवस्तुबारे कुनै जानकारी दिएको छैन ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




